
भक्तपुर – भक्तपुर जिल्लाका ४ स्थानिय नगरपालिका मध्ये ३ ओटाको मत परिणाम सार्वजनिक भइसकेको छ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिका बाहेक अन्य ३ नगरपालिकामा जितेको नेकपा एमालेले यसपल्ट पहिला जित हासिल गरको दुवै नगरपालिका गुमाएको छ।
अहिलेसम्म अन्तिम मत परिणाम आएका मध्यपुर थिमीमा मेयर र उपमेयर दुवै नेपाली कांग्रेस, चाँगुनारायण नगरपालिकामा मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले, भक्तपर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले जितेको छ।
१० ओटा वडा रहेको सूर्यविनायक नगरपालिकामा अन्तिम २ वडाको मत गणना हुन बाँकी रहँदा नेपाली कांग्रेस नै अगाडि रहेको छ।
२०७४ सालको स्थानीय निर्वाचनमा भक्तपुरमा वचश्व कायम गरेको एमाले यो पल्ट धेरै कमजोर देखियो।
भक्तपुर नगरपालिकामा सँधैझै नेपाल मजदुर किसान पार्टीले जितेको छ। २०७४ सालमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुर नगरपालिकामा मयेर र उपमेयर उठेका सुनिल प्रजापति र रजनी जोशी यसपल्ट पनि उम्मेदवार उठे । २०७९ सालको स्थानीय चुनावमा उनीहरु अन्य पार्टीका उम्मेदवारभन्दा भारी मतले जित्न सफल भए।
अघिल्लो चुनावमा भक्तपुर जिल्लाका अन्य तीन नगरपालिकाहरु चाँगुनारायण, सूर्यविनायक र मध्यपुर थिमि नेकपा एमालेले जितेको थियो।
२०७४ सालमा मध्यपुर थिमि नगरपालिकामा एमालेका तर्फबाट मेयरमा मदन सुन्दर श्रेष्ठ निर्वाचित भएका थिए भने उपमेयरमा नेपाली कांग्रेसकी अञ्जना देवी मधिकर्मी निर्वाचित भएकी थिइन्।
सूर्यविनायक नगरपालिकामा मेयरमा एमालेकै तर्फबाट बासुदेव थापा र उपमेयरमा जुना बस्नेत थिइन्। यस्तै चाँगुनारायण नगरपालिकामा एमालेकै सोम मिश्र प्रमुख र बिना बास्तोला उपमेयर निर्वाचित भएकी थिइन्।
यो पल्ट एमालेले थिमिमा मेयर उपमेयर कुनै पनि जित्न सकेन । वडामा पनि जम्मा २ ओटामा एमालेले जितेको छ।
चाँगुनारायण नगरपालिकाको उपमेयर जितेको एमालेले वडामा पनि मात्र २ ओटामा जित हासिल गरेको छ।
यता २ वडाको मत परिणाम आउँन बाँकी रहेको सूर्यविनायक नगरपालिकामा भने अहिलेसम्म ४ ओटा वडामा एमालेले जितेको छ।
सूर्यविनायक नगरपालिकाको उपमेयरमा भने सरिता भट्टराईले समाजवादीभन्दा ४६ सयको अग्रता कायम गरेकी छन्।
अघिल्लो चुनावमा ३ नगर जितेको एमाले किन कमजोर भयो ?
भक्तपुर एमाले पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतको क्षेत्र हो। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि हाल भक्तपुर सूर्य विनायक नगरपालिकाका मतदाता हुन्।
दुई ठूला नेता बस्ने क्षेत्रमा एमालेले राम्रो नतिजा ल्याउन नसक्नुको कारण केही मंगलबार मात्रै महेश बस्नेतले केलाएका थिए।
एमालेको पकड क्षेत्रमा धमाधम कांग्रेसले जितेपछि उनले फेसबुकमा स्टाटस राख्दै समिक्षा गरिसकेका छन्।
उनका अनुसार भक्तपुरमा टिकट वितरण प्रक्रियामा असन्तुटि देखिएको र उक्त असन्तुष्टि मिलाउन नसक्दा यो परिणाम आएको बताएका छन्। सूर्यविनायक नगरपालिकामा उनले आँकलन गरेको क्षेत्रमा पनि अहिले एमालेले हार व्यहोरेको छ।