
बुटवल- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका इस्तियाक अहमद खान निर्वाचित भएका छन्।
९ हजार १३४ मत ल्याएर निर्वाचित भएका उनले राप्रपाका सागर प्रताप राणालाई करिब एक हजार मतले पराजित गरे।
राणाले आठ हजार १३७ मत पाए। यसअघि प्रमुख उपप्रमुख जितेको एमालेले उपप्रमुख जिते पनि प्रमुखमा भने तेस्राे भयो।
नेकपा एमालेका डा. रामप्रसाद बस्यालले सात हजार ३०५ मत पाएका छन्। त्यस्तै, उपप्रमुख नेकपा एमालेकी उमा अधिकारी निर्वाचित भएकी छन्।
आठ हजार ८१३ मत पाएकी उनले राप्रपाकी विनिता गुप्तालाई पछि पारिन्।
गुप्ताले ६ हजार ५४४ मत पाएकी छन् भने तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी कमला थापाले चार हजार ५९२ मत पाइन्।