
बुटवल-रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ध्रुवनारायण चौधरी विजयी भएका छन्।
५ हजार ३८६ मत पाएर कांग्रेस उम्मेदवार ध्रुवनारायण चौधरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।
चौधरी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन्। निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका रामअधारे अहिरले ४ हजार ९८८ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकी नर्वदीदेवी उपाध्याय ४ हजार ९४२ मत पाएर निर्वाचित भएकी छन्।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारादेवी यादवले ४ हजार ८८९ मत पाएकी निर्वाचन अधिकृत धर्मा अर्याल बेल्बासेले जानकारी दिइन्।