
बुटवल-रुपन्देहीको रोहिणी गाउँपालिकामा जनता समाजवादी पार्टीका विद्याप्रसाद यादव विजयी भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटलाई पछि पार्दै यादव निर्वाचित भएका हुन्। उनले ७ हजार ४९६ मत प्राप्त गर्दा ताहिरले ६ हजार ४५८ मत पाए।
यस्तै, नेकपा एमालेका सनोजकुमार यादवले ३ हजार १०२ मत र नेपाली कांग्रेसका बैजनाथ सहानीले २ हजार ३५६ मत पाएको निर्वाचन अधिकृत रमिला भण्डारीले जानकारी दिइन्।
सनोज २०७४ को निर्वाचनमा संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए। उनी निर्वाचनअघि एमाले प्रवेश गरेका थिए।
उपाध्यक्षमा भने राप्रपाकी शिवकान्ती चमारले ६१५४ मत ल्याउदै दोस्रो कार्यकालको लागि उपाध्यक्षमा निर्वाचित भएकी छन्।
चमार २०७४ मा संघीय समाजवादी फोरमबाट निर्वाचित भएकी थिइन्। जसपाकी रिमा मिश्रा ५९०२ मत ल्याएर दोस्रो भएकी छन्। एमालेकी बसन्ती पाण्डेले ३३८ मत पाएकी छन्।