
काठमाडाैँ- भरतपुर महानगर प्रमुखमा रेनु दाहालले अग्रता कायमै राखेकी छन्।
गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले ३ हजार ५७ मतकाे अग्रता राखेकी छन्।
रेनुले १५ हजार १३४ मत ल्याएकी छन्। रेनुका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ७७ मत प्राप्त गरेका छन्।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पाैडेलले ६ हजार ३५३ मत ल्याएका छन्। सुवेदी र पाैडेलबीच ५ हजार ७२४ मतकाे अन्तर रहेकाे छ।
३९ हजार ९६१ मत गन्दा याे नतिजा आएकाे हाे।