सुनसरीको गढी गाउँपालिकामा एमाले विजयी

सुनसरीको गढी गाउँपालिकामा एमाले विजयी
+
-

काठमाडौँ – सुनसरीको दक्षिणी गढी गाउँपालिका अध्यक्षामा नेकपा एमालेका उम्मेद्‌वार आशनारायण चौधरी र उपाध्यक्षमा अनिता शाह निर्वाचित भएका छन्।

चौधरीले ८ हजार ९०१ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश दत्तले ५ हजार ३५० मत ल्याएर पराजित भए।

उपाध्यक्षमा पनि नेकपा एमालेले नै जित हासिल गरेको छ।

एमालेकी उम्मेदवार अनिता साहले ७ हजार ८१५ मत प्राप्त गरिन् भने कांग्रेसकी राजकुमारी चौधरीले ५ हजार ८३८ मत प्राप्त गरेर पराजय व्यहोरेकी छन्।

गढी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ मा एमालेले प्यानल नै जितेको छ।

अघिल्लो निर्वाचनमा कांग्रेसका श्रीप्रसाद यादव अध्यक्ष र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित भएका थिए।

योसँगै सुनसरीका १२ स्थानीय तहमध्ये ३ स्थानको मत परिणाम आइसकेको छ।

हालसम्म देवानगञ्ज गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी विजयी भएको छ।

उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। यता भोक्राहा नरसिंह गाउँपालिकामा भने नेपाली कांग्रेस अध्यक्ष र उपाध्यक्ष नै जितेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?