काठमाडौँ–काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकामा प्रमुखमा नेकपा एकिकृत समाजवादी तथा उप–प्रमुखमा नेपाली कांग्रेसले जित हासिल गरेको छ। मण्डनदेउपुर एमाले पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको पालिका हो।
यहाँ नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका टोकबहादुर बाइवाले ९ हजार ४ सय ६ मत प्राप्त गर्दै निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विदुर प्रसाद सापकोटाले ८ हजार ३ सय ५१ मत प्राप्त गरे। यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट प्रमुख निर्वाचित भएका वाईवाले यसपटक भने समाजवादीबाट उम्मेदवारी दिएका हुन्।
यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका विष्णुमणि नेपाल एमाले प्रतिस्पर्धी भन्दा दोब्बर मत ल्याउँदै निर्वाचित भएका छन्। नेपालले ११ हजार ३ सय ५ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एमालेकी सरीता ढकालले ६ हजार ९ सय २४ मत प्राप्त गरिन।यसअघि २०७४ सालको निर्वाचनमा मण्डनदेउपुर– १० बाट वडाअध्यक्षमा निर्वाचित भएका नेपालले यसपालि भने उप प्रमुखमा उम्मेदवारी दिएका हुन्।
मण्डनदेउपुर नगरपालिकामा वडा अध्यक्षमा मित्रपूर्ण प्रतिस्पर्धा गरेतापनि प्रमुख तथा उपप्रमुखमा भने गठबन्धन भएको थियो।
मण्डनदेउपुरका १२ वडामध्ये एमाले ४ वडामा, माओवादी एउटा वडामा र कांग्रेस ७ वडामा निर्वाचित भएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































