यौन दुर्व्यवहारको घटनामा आफ्नो नाम जोडिएकोप्रति फोटो पत्रकार पौडेलको आपत्ति

यौन दुर्व्यवहारको घटनामा आफ्नो नाम जोडिएकोप्रति फोटो पत्रकार पौडेलको आपत्ति
+
-

काठमाडाैँ- एक ब्युटी प्याजेन्टका क्रममा एक युवतीले आफूमाथि यौन दुर्व्यवहार भएको दाबीसहित सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा आफूहरूको नाम जोडिएकोप्रति फोटो पत्रकार श्रीधर पौडेलले आपत्ति जनाएका छन्।

उनले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका हुन्। उनले फेसबुकमा आफूले ‘मनोज पाण्डेको आग्रहमा ती युवतीको फोटोसुट गरेकाे र पारिश्रमिक लिएको’ बताएका छन्। उनले अलनाइनखबरको स्टुडियोमा लगेर फोटो सुट गराएको र सो वापतको पारिश्रमिक ५ हजार लिएको बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘यसमा मेरो संलग्नता भनेको स्टुडियोमा फोटो खिचिदिने र त्यसवापत पाण्डेसँग पारिश्रमिक लिने हो। एजेन्सी र क्लाइन्टबीच के कति पारिश्रमिकमा कुरा भएको हुन्छ, त्यसमा मेरो सरोकार हुन्न।’

त्यस्तै, भिडियोको भाग- ४ मा भनिएअनुसार मनोज पाण्डेको कन्सल्टेन्सीमा गएर त्यहाँ भएका सबैलाई बाहिर निकालेर र फोटोग्राफरलाई त्यहाँ राखिएर भनिएको विषयलाई पनि गलत रूपमा बुझिएको उनले बताएका छन्।

उनले भनेका छन्, ‘एकजना भाइले मलाइ बोलाएकोमा म त्यहाँ पुग्दा … उनले यौन दुर्व्यवहार भएको भनेपछि मैले पाण्डेलाई अब आइन्दा यस्तो दुर्व्यवहार गर्ने उद्देश्यले कुनै काम नगर्नु भनेर म हिँडेको हुँ। त्यसभन्दा बाहेक मेरो उनीसँग भेटघाट र कुरा भएको छैन।’

उनले थपेकी छन्- उनीमाथि ६ महिना पाण्डेबाट जुन व्यवहार भयो भन्ने उनले भनेकी छन् तीबारे मैले उनको भिडियो हेरेर जानकारी पाएको हुँ। उनको भिडियो हेरेर म आफैँ सक्ड भए। यो घटनामा म जोडिएको यही २ प्रसंगमा हो। अन्यौलमा परेर हो या नियोजित अहिले सामाजिक सञ्जालमा म आफैँ यौन दुर्व्यवहारमा संलग्न भएझैँ गरी मेरो तस्बीर र नाम प्रयोग भएकोमा म र मेरो परिवारको ध्यानाकर्षण भएको छ।’

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?