कान्स फिल्म फेस्टिभल कसरी पुगिन् सुरक्षा?

कान्स फिल्म फेस्टिभल कसरी पुगिन् सुरक्षा?
+
-

काठमाडौँ – नायिका सुरक्षा पन्तले ७५ औँ ‘कान्स फिल्म फेस्टिभल’मा सहभागिता जनाएकी छन्।

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा उनी हिँडेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कान्सकाे राताे कार्पेटमा हिँड्ने स‌म्भवतः उनी पहिलकाे नेपाली नायिका हुन्।

सुरक्षाले केही दिनअगाडि मात्र आफू विश्व प्रसिद्ध चलचित्रको महोत्सवमा जान लागेको बारेमा जानकारी दिएकी थिइन्।

उनले अन्तर्राष्ट्रिय चलचित्र ‘द एट माउन्टेन’मा हिस्सा लिएकी थिइन्। ‘फ्रान्स, इटालियन र बेल्जियम’को सहउत्पादनमा बनेको यो चलचित्रको केही अंश नेपालमा खिचिएको थियो।

उनले सम्भवतः त्यही अंशमा हिस्सा लिएकी थिइन्। यो चलचित्र कान्स चलचित्र महोत्सवको कुनै प्रतिस्पर्धामा छानिएपछि महोत्सवमा हिस्सा लिनको लागि उनलाई पनि बोलाइएको उनले बताएकी थिइन्।

‘द एट माउन्टेन्स’ इटालियन लेखक पाओलो कगनेट्टीले लेखेको उपन्यास हो। यही उपन्यासमा आधारित चलचित्र ‘द एट माउन्टेन्स’ लाई बेल्जियमका निर्देशक फेलिक्स भान ग्रोनिन्जेन र चार्लोटे भान्डरमेर्शले निर्देशन गरेका छन्।

यो चलचित्र मित्रता अनि अस्तित्वको यात्राको कथा हो। यस वर्षको कान्स चलचित्र महोत्सव १७ मेदेखि २८ मेसम्म फ्रान्समा हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?