
काठमाडौँ – ललितपुर महानगरपालिकामा ४१ हजार ३८८ मत गन्दा महानगर प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायमै गरेका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार महर्जनले २१ हजार ३११ मत ल्याउँदा उनका निकाटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले १२ हजार १४९ मत ल्याएका छन्।
कांग्रेसका उम्मेदवार महर्जन एमालेका व्यन्जनकार भन्दा ९ हजार १६२ मतले अगाडि छन्।
यस्तै राप्रपाका अष्टहादुर महर्जनले १ हजार ९७० मत प्राप्त गरेका छन्।
उपमेयरमा भने नेकपा एमालेकी मन्जली शाक्री बज्राचार्यले ११ हजार ९६५ ल्याएर अग्रता कायम गरेकी छन्। उनका निकटतम प्रतिष्पर्धी नेकपा माओवादीका बाबुराज बज्राचार्यले ८ हजार ४२६ मत प्राप्त गरी उनलाई पच्छ्याइरहेका छन् भने राप्रपाकी स्वर्णिमा शाक्यले ३ हजार ३७९ मत प्राप्त गरेकी छन्।
यस ललितपुर महानगरपालिकामा सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाटउम्मेदवार छनोट गरिएको थियो। गठबन्धनको तर्फबाट मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेदावार भएको भएपनि उपमेयरमा पनि रुखमै भोट हाल्नेको संख्या ५ हजार ८ सय रहेको छ।