एमाले उपाध्यक्ष पौडेलको वडामा एमालेले हार्‍याे

एमाले उपाध्यक्ष पौडेलको वडामा एमालेले हार्‍याे
+
-

बुटवल-नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका-८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन्।

एमाले उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन्।

कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी एमालेका पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३१ मत अन्तरले पछि पार्दै विजयी भएका छन्।

३ हजार ४३० मत खसेको यो वडामा कांग्रेसले २०४९ सालयता पहिलोपटक जित हात पारेको हो।

बुटवलमा घोषित परिणामअनुसार १९ वडामध्ये १७ वटाको नतिजा आउँदा १० वटामा कांग्रेसले जितेको छ भने एमालेले ४, नेकपा एकीकृत समाजवादी, रुख चिन्हबाट लडेका नेकपा माओवादी केन्द्र र स्वत्नत्रले १-१ वडामा जित हासिल गरेका छन्।

१ मा कांग्रेसका बागी स्वत्नत्र उम्मेदवार नरेन्द्र बस्नेत, २ मा एकीकृत समाजवादीका सुनील शाक्य, ३ मा रुख चिन्हबाट लडेका माओवादी केन्द्रका विष्णु ढकाल, ४ मा कांग्रेसका नरिश्वर पौडेल, ५ मा कांग्रेसका हरिप्रसाद श्रेष्ठ, ६ मा कांग्रेसका लोकनाथ न्यौपानेले जित हासिल गरेका हुन्।

यस्तै, वडा नं ७ मा कांग्रेसका पदमराज गाहा, ८ मा कांग्रेसका यज्ञ पंगेनी, ९ मा कांग्रेसका प्रदीप कुमार श्रेष्ठ, १० मा एमालेका बलु पुन, १३ मा कांग्रेसका नारायण पुन, १४ मा एमालेका दधिराम न्यौपाने, १५ मा कांग्रेसका शिव राना, १६ मा कांग्रेसका कृष्ण पौडेल, १७ मा कांग्रेसका ज्ञान बहादुर रेश्मी, १८ मा एमालेका गुरुप्रसाद पंगेनी, १९ मा एमालेका चन्द्रसिंह थापाले जितेका छन्।

वडा नं ११ र १२ को मतगणना जारी छ। ६० हजारभन्दा बढी मत खसेको बुटवलमा पछिल्लो परिणामअनुसार कांग्रेसका खेलराज पाण्डेले करिब ६ हजार मतान्तरले अग्रता लिइरहेका छन्। उनलाई एमालेका बाबुराम भट्टराइले पछ्याइरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?