
अ
+
अ
अ
-
काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले आज युगान्डासँग सिरिजको चौथो टी–२० मा प्रतिष्पर्धा गर्दैछ।
खेल दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुनेछ।
आज युगान्डालाई हराउँदै नेपाल पहिलो जित निकाल्ने दाउमा छ।
पाँच खेलको सिरिज युगान्डाले ३-० ले जितिसकेको छ। बिहीबार नेपाललाई ६ विकेटले पराजित गरेसँगै युगान्डाले ५ टी-२० सिरिज आफ्नो पक्षमा पारिसकेको छ।
पहिलोपटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले अन्तिम खेल शनिबार खेल्नेछ।