काठमाडौँ– एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको परासीमा आफ्नो ११६ औं शाखा ५ उद्घाटन गरेको छ।
सो कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कर्मसका अध्यक्ष केशब प्रसाद भण्डारीले संयुक्त रुपमा परासीशाखाको उद्घाटन गरेका हुन्।
उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिलकुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले परासीका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवाप्रदान गराउने आश्वासन व्यक्त गरेका छन्।
बैंकमा हालसम्म करिब १२लाख सन्तुष्ट ग्राहकहरु रहेको र आफ्नो ११६ शाखा संजाल, प्रादेशिक कार्यालय, १५० एटिएमसहित मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको बैँकले बताएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































