
अ
+
अ
अ
-
काठमाडाैँ- हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मदेवार नेकपा एकीकृत समाजवादीकी मीना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी भएकी छन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गरे। निर्वाचन कार्यालय हेटौँडाका अनुसार राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ प्राप्त गरेका छन्।
नतिजाअनुसार उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गरिन्। राप्रपाकी इन्दिरा न्यौपानेले पाँच हजार ४८६ मत पाइन्।