अमेरिकी उपविदेशमन्त्री उज्रा जेया भ्रमणको तिब्बती कनेक्सन

अमेरिकी उपविदेशमन्त्री उज्रा जेया भ्रमणको तिब्बती कनेक्सन
+
-

काठमाडौँ – नेपालमा रहेका तिब्बती शरणार्थी अधिकारका लागि अमेरिकाको थप सक्रियता बढेको छ।

अमेरिकी उपविदेशमन्त्री उज्रा जेयाको नेपाल भ्रमण र शरणार्थी शिविरमा पुगेर गरेको भेटघाटले तिब्बती शरणार्थीप्रति अमेरिकाको थप चासो बढेको हो।

नेपालमा शरणार्थी भेट्नुभन्दा पहिला उपविदेशमन्त्री जेयाले भारतमा निर्वासित जीवन बिताउँदै आएका तिब्बती धर्मगुरु दलाई लामासँग भेट गरेकी थिइन्।

मंगलबार भारतको नयाँदिल्ली उत्रिएकी उनी बुधबार लामाको धर्मशाला पुगेकी थिइन्।

त्यहाँ उपविदेशमन्त्री जेयाले निर्वासित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसहित अन्य प्रतिनिधिसँग बिहीबार बिहान भेटवार्ता गरिन्।

जेयाले दलाई लामासँग गरेको भेटवार्ताकोे सार्वजनिक भिडिओमा उनले ‘विश्व शान्तिका लागि लामाले खेलेको भूमिकाको प्रशंसा’ गरेकी छन्। यस्तै, उनले लामाको सुस्वास्थ्यको पनि कामना गरेकी थिइन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनको विशेष सन्देश तिब्बती धर्मगुरु लामालाई सुनाउने बताउँदै धर्मशाला पुगेकी उनले त्यहाँ रहँदा निर्वासनमा रहेका तिब्बती सरकारका प्रमुखलगायतसँग भेट गरेकी थिइन्।

उनी धर्मशालाबाट दिल्ली फर्केर शुक्रबार काठमाडौं आएकी हुन्। उनले शनिबार जावलाखेलस्थित क्याम्पमा तिब्बती शरणार्थीसँग भेटघाट गरेकी छन्।

यो भेटघाटलाई चिनियाँ पक्षले चासोसाथ हेरेको छ। शुक्रबार काठमाडौं आएर शनिबारसम्म नेपाल सरकार र नेपाली अधिकारीसँग औपचारिक भेटवार्ता नगरेकी जियाले सिधै तिब्बती शरणार्थीसँग भेटघाट गरेकी हुन्।

जेयाले गरेको शरणार्थी भेटघाटबारे नेपाल सरकारले भने बेखबर भएको बताएको छ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जेयाको शरणार्थी भेटघाट कार्यक्रमबारे आफूलाई केही थाहा नभएको बताइन्।

सरकारलाई समेत जानकारी नगराई जेयाले नेपालमा रहेका शरणार्थीलाई भेट्नुको कारण पनि खोज्न थालिएको छ।

राजनीतिक विश्लेषक लोकराज बरालले मुलुकमा प्रवेश गर्न खोजेका अन्य देशका उच्च अधिकारी र हुन लागेका सबै गतिविधिबारे सरकारले थाहा पाउनुपर्ने बताएका छन्।

उनले देश सञ्चारसँग भने, ‘सरकारले अमेरिकी उपविदेशमन्त्री जेयाले काठमाडौंमा चिनियाँ शरणार्थीसँग भेटघाट गर्ने कुरा वास्तवमै थाहा नपाएर थाहा छैन भनेको हो वा लुकाउन खोजेको हो त्यो महत्वपूर्ण छ।’

कूटनीतिक भेटघाट र आगमनबारे सरकारलाई थाहा हुनुपर्ने उनले बताए।

उनले भने, ‘जेयाले कुन विषयमा शरणार्थीसँग छलफल गर्नुभयो त्यो पूरै कुरा त बाहिर आएको छैन। तर, राजनीतिक विषय हो भने त्यसले अप्ठ्यारो पार्न सक्छ। यसबारे सरकार र सम्बन्धित निकाय जानकार हुनुपर्छ।’

जेया शनिबार बिहान ११ बजे क्याम्प पुग्ने कार्यतालिका भए पनि विभिन्न देशका राजदूतसँगको भेटघाटको कारण दिउँसो १ बजेतिर मात्रै पुगेकी थिइन्।

शरणार्थी शिविर जानुअघि बेलायत, फ्रान्स, अस्ट्रेलिया, स्वीसलगायत देशका राजदूतसँग छलफल भएको थियो।

शुक्रबार साँझ कमलादीस्थित अमेरिकी राजदूतको निवास कमलकुञ्ज र पछि महाराजगन्जको दूतावासमा आयोजित कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्ती, प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेत्री डाक्टर आरजु राणा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको उपस्थिति थियो।

आइतबार साँझ स्वदेश फर्किने कार्यसूची रहेको अमेरिकी प्रतिनिधिमण्डलले दिउँसो प्रधानमन्त्रीसहित गृह र परराष्ट्रमन्त्रीलाई भेट्ने बताइएको छ।

भारत र नेपाल भ्रमणमा आएको अमेरिकी जेयाको टोलीको मुख्य उद्देश्य तिब्बती शरणार्थी र दलाई लामासँग भेटघाट गर्नु रहेको स्पष्ट छ। जिया तिब्बतसम्बन्धी अमेरिकी विशेष संयोजक पनि हुन्।

मानवअधिकार तथा लोकतान्त्रिक शासनका उपलब्धि तथा मानवीय प्राथमिकतालाई अघि बढाउने विषयमा सहकार्य गर्न उपविदेशमन्त्री जेया भारत र नेपालको भ्रमणमा निस्किएको अमेरिकी विदेश मन्त्रालयले बताएको छ। तर नेपाल सरकारले जियाको भ्रमणबारे खुलेर जानकारी नगराउँदा कि नेपाल सरकारले सूचना लुकाएको हुनुपर्छ कि अमेरिकी पक्षले जानकारी नै नगराई पेलेर आएको हुनुपर्छ भन्ने टिप्पणी हुन थालेका छन्।

मानवअधिकार तथा लोकतान्त्रिक शासनका उपलब्धि तथा मानवीय प्राथमिकतालाई अघि बढाउने विषयमा सहकार्य गर्न उपविदेशमन्त्री जिया भारत र नेपालको भ्रमणमा निस्किएको अमेरिकी विदेश मन्त्रालयले बताएको छ। तर नेपाल सरकारले जियाको भ्रमणबारे खुलेर जानकारी नगराउँदा कि नेपाल सरकारले सूचना लुकाएको हुनुपर्छ कि अमेरिकी पक्षले जानकारी नै नगराई पेलेर आएको हुनुपर्छ भन्ने टिप्पणी हुन थालेका छन्।

नेपालमा जेयाले सरकारी अधिकारीबाहेक मानव अधिकारका क्षेत्रमा काम गर्ने र नागरिक समाजका केही अगुवालाई पनि भेट्ने कार्यक्रम छ।

अमेरिकी उपविदेशमन्त्री जेयाले आफ्नो नेपाल भ्रमणका क्रममा सन् १९९५ बाट शरणार्थी कार्ड पाउनबाट वञ्चित रहेका तिब्बती शरणार्थीलाई कार्ड उपलब्ध गराउन नेपाल सरकारसँग आग्रह गर्ने तयारी गरेको बुझिएको छ।

यस्तै, नेपालको बाटो हुँदै तिब्बतबाट भारत प्रवेश गर्ने तिब्बतीलाई बाटो सहजीकरण गर्न पनि नेपाल सरकारसँग आग्रह गर्दै छिन्। नेपाल भ्रमणमा आउने अमेरिकी अधिकारीले यस विषयमा यसअघि पनि नेपाल सरकारसँग आग्रह गर्ने गरेका थिए।

राजनीतिक विश्लेषक बरालले पनि तिब्बती शरणार्थीको विषयमा अमेरिकाले बोल्नु ठूलो र नौलो कुरा नभएको तर अन्य राजनीतिक तयारी हो भने डराउनुपर्नेतर्फ सजग गराएका छन्।

सन् १९९० अघि नेपाल सरकारले तिब्बती शरणार्थीलाई शरणार्थी कार्ड प्रदान गरे पनि त्यसपछि भने दिएको छैन।

शरणार्थी कार्डको अभावमा शरणार्थीले बैंक खाता खोल्नदेखि हवाई सेवा लिनबाट वञ्चित भएका कारण उनीहरूको मानव अधिकार रक्षाका लागि यो व्यवस्था गर्न अमेरिकाले नेपालसमक्ष आग्रह गर्दै आएको छ।

नेपाल सरकारले रोकिएको शरणार्थी कार्ड प्रदान गर्ने प्रक्रिया सुरु गरेको छ।

भुटानी शरणार्थीसँग तिब्बती शरणार्थीलाई पनि शरणार्थी कार्ड प्रदान गर्न अमेरिकालगायत नेपालमा रहेका अन्य पश्चिमा नियोगले नेपाल सरकारसँग आग्रह गर्दै आएका छन्।

शरणार्थी कार्ड प्रदान गर्न छोडेयता तिब्बती शरणार्थीको गणना पनि भएको छैन। नेपालमा १४ हजार हाराहारीमा तिब्बती शरणार्थी रहेको बताइन्छ।

नेपाल भ्रमणका क्रममा अमेरिकी उपविदेशमन्त्री जेयाले तिब्बती शरणार्थीलाई शरणार्थी कार्ड उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गर्ने कुरा चलिरहँदा गत बुधबार नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेकी थिइन्।

गृहमन्त्री खाँडसँगको भेटमा राजदूत यान्छीले तिब्बती शरणार्थीका विषयमा नेपाल सरकारले लिन सक्ने सम्भावित कदमका विषयमा बुझ्ने प्रयास गरेको गृह मन्त्रालयले जनाएको छ।

उपविदेशमन्त्री जेया नेपाल अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षको अवसरमा नेपाल भ्रमण आएको भनिए पनि फागुन १७ गते अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गरेसँगै अमेरिकाबाट नेपाल भ्रमणमा आउनेको संख्या बाक्लिएको छ।

वैशाख पहिलो साता मात्रै अमेरिकी उपसहायकमन्त्री केली केइडरलिङ नेतृत्वको टोलीले नेपाल भ्रमणमा आएको थियो।

वैशाख दोस्रो साता अमेरिकाबाट नेपाल भ्रमणका लागि त्यहाँको सांसदहरूको टोली आएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?