
अ
+
अ
अ
-
काठमाडौँ – काठमाडौँ महानगरपालिकामा एक लाख मतगणना सकिएको छ।
आइतबार बिहान ५ बजेसम्मको मतपरिणाम अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले १७ हजार ३४ मतान्तरसहित अग्रता लिइरहेका छन्।
शाहले ३८ हजार ३३३ मत पाउँदा गठबन्धनतर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको मत २१ हजार २९९ रहेको छ भने एमाले उम्मेदवार केशव स्थापित २१ हजार ८ मतले पछ्याइरहेका छन्।
पहिलो स्थानमा रहेका बालेन र तेस्रो स्थानमा रहेका स्थापितबीच १७ हजार ३२५ मतान्तर रहेको छ।
महानरपालिकामा हालसम्म ४४.३७ प्रतिशत मत गणना भइसकेको छ। बालेनले खसेको कुल मतको ३६.०४ मत प्राप्त गरेका छन् ।