टुट्यो एमबाप्पेको रियल मड्रिड जाने सपना, पीएसजीमै रहने

टुट्यो एमबाप्पेको रियल मड्रिड जाने सपना, पीएसजीमै रहने
+
-

एजेन्सी – फ्रान्सका युवा स्ट्राइकर किलियन एमबाप्पेले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँग थप तीन वर्षको सम्झौता नविकरण गरेका छन्।

एमबाप्पेलाई भित्राउने प्रयासमा रहेको स्पेनिस ला लिगाको क्लब रियल मड्रिडको इच्छा यस पटक पनि पूरा हुन पाएन।

रियाल पछिल्लो केही सिजनदेखि लगातार एमबाप्पेलाई अनुबन्धन गर्ने प्रयासमा थियो। रियालले एमबाप्पेसँगै इर्लिङ हल्यान्डलाई समेत अनुबन्धन गर्ने प्रयास गरेको थियो।

हल्यान्ड यसै महिना मात्र इङलिस प्रियिमर लिग क्लब म्यानचेस्टर सिटीमा अनुबन्धन भएका थिए।

एमबाप्पे र पिएसजीबीचको सम्झौता आगामी महिना सकिँदै थियो। एमबाप्पेले केही दिन अघि मात्र आफूले क्लब भविष्यका बारेमा निर्णय गरिसकेको र छिट्टै आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका थिए। नयाँ सम्झौतापछि एमबाप्पे सन् २०२५ सम्म पिएसजीमै रहनेछन्।

‘म घोषणा गर्न चाहन्छु, मैले पिएसजीसँगको सम्झौता थप गर्ने निर्णय लिए र म एकदमै खुशी छु’, एमबाप्पेले भनेका छन् , ‘म क्लबको नयाँ प्रस्तावमा सहमत भए। मप्रति विश्वास गरेकाले क्लबका अध्यक्ष नासिर अल खिलाफीलाई धन्यवाद दिन चाहन्छु। ’

एमबाप्पेले पिएजीसँगको सम्झौता नविकरणलाई यादगार बनाउने क्रममा शनिबार मेइन्जविरुद्ध ५–० को जित निकालेको खेलमा ह्याट्रिक पूरा गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?