ओखलढुंगामा १८ वर्षीया युवती अर्धचेत अवस्थामा फेला, बलात्कार भएको हुन सक्ने आशंका

ओखलढुंगामा १८ वर्षीया युवती अर्धचेत अवस्थामा फेला, बलात्कार भएको हुन सक्ने आशंका
+
-

काठमाडौँ- ओखलढुंगामा १८ वर्षीया एक युवती अर्धचेत अवस्थामा फेला परेकी छन्।

आइतबार बिहान करिब ६ बजे मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित सडकमा  एक किशोरी अर्धचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिए।।

उनका अनुसार ती युवती बिहान करिब ४ बजेको समयदेखि बेपत्ता रहेकी थिइन्। घरभन्दा डेढ किलोमिटर टाढा सडकमा ती युवती अर्धचेत अवस्थामा फेला परेको खनालले बताए।

‘बाटोको छेउमा अर्धचेत अवस्थामा फेला परेको गाउँलेले खबर गर्नुभएपछि हामीले युवतीलाई उद्धार गरी जिल्लास्थित मिसन अस्पताल लगेर उपचार गरिरहेका छौँ’, उनी भन्छन्, ‘हाल ती युवतीलाई उपचारको लागि हेलिकप्टरमार्फत् काठमाडौँ ल्याउने तयारी भइरहेको छ।’

उपरीक्षक खनालका अनुसार युवतीको टाउकोमा चोट लागेको छ। युवती बेपत्ता रहेको थाहा पाएसँगै घर परिवार तथा छिमेकहरू मिलेर उनको खोजी गर्न थालेको थिए।

युवती अहिले सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेको भएपनि टाउकोमा चोट देखिएका कारण हाल उनलाई केही पनि नसोधिएको प्रहरीले जनाएको छ।

युवतीलाई कसैले बलात्कार गरेर त्यसपश्चात हत्या गर्ने क्रममा अर्धचेत भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। यद्यपि यसबारे अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?