प्रिन्सिपलले बलात्कार गरेको दाबी गरेकी युवतीको परिवार भन्छन्, ‘आरोपित खुलेआम घुम्दा पनि पक्राउ परेको छैन’

प्रिन्सिपलले बलात्कार गरेको दाबी गरेकी युवतीको परिवार भन्छन्, ‘आरोपित खुलेआम घुम्दा पनि पक्राउ परेको छैन’
+
-

काठमाडौँ- करिब सात वर्षअघि आफूमाथि प्रिन्सिपलले नै बलात्कार गरेको दाबी गरेकी महिलाको परिवारले अपराधी खुलेआम हिँडिरहेको थाहा पाए पनि पक्राउ नपरेको बताएका छन्।

सात वर्षअघि स्कुलको होस्टलमा बसेर पढ्ने क्रममा सोही विद्यालयका प्रिन्सिपलले आफूमाथि बलात्कार गरेको दाबी गर्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवतीले घट्ना सार्वजनिक गरेकी थिइन्।

इटहरीको ब्लूमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलकी एक छात्राले करिब सात बर्ष अघि आफूमाथि सोही विद्यालयका प्रिन्सिपलले बलात्कार गरेको घट्ना सार्बजानिक गरेकी हुन्।

उनी ब्लूमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलमा कक्षा ९ मा अध्ययन गर्दा प्रिन्सिपल राज खड्काले आफूमाथि पटकपटक बलत्कार गरेको दाबी गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी छन्।

घट्ना करिब २०७२/७३ सालतिरको भएकोसमेत उनले बताएकी छन्। बलात्कारका क्रममा ती प्रिन्सिपलले भिडियो बनाएको र सोही भिडियो मार्फत ब्ल्याकमेल गर्दै २ वर्षसम्म लगातार बलात्कार गरेको उनले दाबी गरेकी छन्।

त्यसपछि ती प्रिन्सिपलले आफूमाथि बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, होस्टल रुम जताततै बलात्कार गरेको उनले बताएकी छन्।

एसएलसीपछि आफूमाथि भएको घट्नाबारे युवतीले पारिवारिक सदस्यसँग सल्लाह गरी प्रहरीमा उजुरी समेत गरिन्। तर सोबारे हालसम्म पनि कुनै छानबिन नभएको युवतीका परिवारले बताएका छन्।

‘उनीमाथि लगातार दुई बर्षसम्म ती प्रिन्सिपलले बलात्कार गरेको भनेर हामीले थाहा पाएपछि हामीले प्रहरीमा उजुरी दियौं तर त्यसको अहिलेसम्म पनि छानबिन भएको छैन,’ युवतीको पारिवारका एक सदस्यले भने, ‘प्रहरीमा हामीले बुझ्दा त्यतिबेला नै केस फाइल भई सम्पूर्ण प्रक्रिया अघि बढेको र ती व्यक्ति फरार रहेको भन्ने बुझेका छौं।’

पारिवारका सदस्यका अनुसार ति प्रिन्सिपल अहिले पनि काठमाडौंको एक निजी विद्यालयमा कार्यरत रहेको बुझिएको बताएका छन्।

‘काठमाडौंको एक निजी विद्यालयमा अहिले पनि प्रिन्सिपलको काम गरिरहेको भन्ने हामिले सुनेका छौं। यसरी खुलमखुल्ला अपराधी घुमिरहेको छ भन्ने थाहा हुँदासमेत किन पक्राउ नगरेको हो, त्योचाहिँ हामीलाई थाहा छैन’, उनी भन्छिन्, ‘पुलिसले चाहिँ सबै काम सकेपछि त्यो व्यक्ति फरार रहेको भनेको छ तर अदालतले चाहिँ किन चासो नदिएको हो त्यो हामीले बुझेका छैनौं। हामी हिजो पनि के हुँदैछ भनेर बुझ्न गएका थियौँ तर शनिबार भएकोले पाएनौं आज पनि बिदा भएकोले बुझ्न पाएनौं अब भोलि गएर बुझ्छौं।’

सुनसरी प्रहरीले भने अभियुक्त फरार सूचीमा रहेको बताएको छ। सुनसरी प्रहरी प्रवक्ता नरेन्द्र कार्कीका अनुसार उनी यसअघि नै प्रक्रिया पूरा भई फरार छन्।

उनी भन्छन्, ‘हामीले पहिलाको रेकर्ड हेर्दा प्रहरीले गर्नुपर्नेजति काम सकाएर अदालती प्रक्रियामात्र बाँकी रहेको भन्ने बुझ्यौं।’

घट्नाबारे बास्तविकता बुझेर पुन थप अनुसन्धानको प्रकृया अघि बढाउने प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?