मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अन्य महिला पनि प्रहरी सम्पर्कमा

मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अन्य महिला पनि प्रहरी सम्पर्कमा
+
-

काठमाडौँ- कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अन्य युवतीहरु पनि प्रहरी सम्पर्कमा पुगेका छन्।

स्रोतका अनुसार सामाजिक सञ्जालका माध्यमबाट अन्य दुई/तीन जना युवतीहरु पनि पाण्डेले यौन शोषण गरेको भन्दै प्रहरी सम्पर्कमा आएको बताएका छन्।

सम्पर्कमा आएका ती युवतीहरुसँग थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार सामाजिक सञ्जालबाट प्रहरीलाई सम्पर्क गरेकी एक युवतीले भने आइतबार उपत्यका प्रहरी अपराध महाशाखामा नै पुगेर आफू पनि पाण्डेबाट यौन शोषणमा परेको बताएकी हुन्।

सोमबार पाण्डेलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने भएको छ।

अनुसन्धानका लागि सोमबार म्याद लिने तयारी भइरहेको महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले बताएका छन्।

एक ब्यूटी प्याजेन्टको क्रममा आयोजकले नै आफूमाथि बलात्कार गरेको दाबी गर्दै एक युवतीले सामाजिक सञ्जालमा भिडियो सार्बजानिक गरेकी थिइन्।

भिडियोमा भनिएका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई प्रहरीको नियन्त्रणमा रहेका छन्।

आठ बर्षअघि आफूमाथि बलात्कार भएको दाबी गर्दै एक युवतीले भिडियो मार्फत सार्बजनिक गरेसँगै त्यस्ता खालका अन्य घट्नाहरु समेत बाहिर आउन थालेका छन्।

इटहरीमा एक विद्यालयको प्रिन्सिपलबाट लगातार दुई बर्षसम्म बलात्कार भएको दाबी गर्दै एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?