ओखलढुंगामा अर्धचेत अवस्थामा भेटिएकी युवतीलाई उपचारका लागि काठमाडौँ ल्याइयो

ओखलढुंगामा अर्धचेत अवस्थामा भेटिएकी युवतीलाई उपचारका लागि काठमाडौँ ल्याइयो
+
-

काठमाडौँ – ओखलढुंगामा अर्धचेत अवस्थामा भेटिएकी युवतीलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ।

अर्धचेत अवस्थामा भेटिएकी १८ वर्षीया एक युवतीको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिए।

उनका अनुसार युवतीलाई थप उपचारको लागि काठमाडौँ ल्याइएको हो। युवतीको हाल शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

आइतबार बिहान करिब ६ बजे मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित सडकमा  एक किशोरी अर्धचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

खनालका अनुसार ती युवती बिहान करिब ४ बजेको समयदेखि बेपत्ता रहेकी थिइन्। घरभन्दा डेढ किलोमिटर टाढा सडकमा ती युवती अर्धचेत अवस्थामा फेला परेको उनले बताए।

उपरीक्षक खनालका अनुसार युवतीको टाउकोमा चोट लागेको छ। युवती बेपत्ता रहेको थाहा पाएसँगै घर परिवार तथा छिमेकहरू मिलेर उनको खोजी गर्न थालेको थिए।

युवतीलाई कसैले बलात्कार गरेर त्यसपश्चात हत्या गर्ने क्रममा अर्धचेत भएको हुनसक्ने प्रहरीको आशंका छ। यद्यपि यसबारे अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?