
काठमाडौँ – नेकपा एमालेले देशका १९९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ।
एमालेका उम्मेदवारले हालसम्म मतगणना सम्पन्न भएका ७२९ पालिकामध्ये १९९ वटाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन्।
निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो।
आयोगका अनुसार अब मात्र २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ।
मतगणना जारी भएका पालिकामध्ये ६ वटामा एमालेको उम्मेदवारको अग्रता रहेको आयोगले जनाएको छ ।