हालसम्म ७२९ पालिकामा मतगणना सम्पन्न हुँदा कुन दलको जित कति स्थानमा?

हालसम्म ७२९ पालिकामा मतगणना सम्पन्न हुँदा कुन दलको जित कति स्थानमा?
+
-

काठमाडौँ – निर्वाचन आयोगले ७२९ वटा पालिकामा मतगणना सम्पन्न गरेको छ।

आयोगले गत वैशाख ३० गते एकसाथा सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो।

अब देशका २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ।

आयोगका अनुसार मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन्।

त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन्।

आयोगको पछिल्लो तथ्याङ्कअनुसार मतगणना सम्पन्न भएकामध्ये ३२० पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन्।

मतगणना भइरहेकामध्ये ६ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ।

एमालेका उम्मेदवारले हालसम्म १९९ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका छन्।

मतगणना भइरहेका पालिकामध्ये ६ वटाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारको अग्रता रहेको छ।

माओवादी केन्द्रका उम्मेदवार १२० पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन्।

मतगणना भइरहेकामध्ये २ पालिकाको प्रमुख तथा अध्यक्षमा माओवादीका उम्मेदवारले अग्रता कायम गरेका छन्।

जसपाले हालसम्म २९ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ। मतगणना भइरहेका पालिकामध्ये ३ वटाको प्रमुख तथा अध्यक्षमा जसपाका उम्मेदवारको अग्रता रहेको छ।

एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ। मतगणना भइरहेका पालिकामध्ये २ वटा एकीकृत समाजवादीका उम्मेदवार अगाडि रहेका छन्।

लोसपाका उम्मेदवारले १५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन्। मतगणना भइरहेका पालिकामध्ये एउटामा लोसपाको अग्रता रहेको छ।

आयोगका अनुसार अन्य दल र स्वतन्त्र उम्मेदवार २९ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी भइसकेका छन्।

मतगणना भइरहेकोमध्ये एउटा पालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?