स्थानीय चुनाव २०७९ : हालसम्म कुन पार्टीले कति जिते ?

स्थानीय चुनाव २०७९ : हालसम्म कुन पार्टीले कति जिते ?
+
-

काठमाडौँ – बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना लगभग सक्किन लागेको छ। देशभरका ७ सय ५३ ओटा स्थानीय तहमा अब केही स्थानीय तहको मात्रै मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ।

हालसम्म भएको मत गणनापछि नेपाली कांग्रेस सबैभन्दा धेरै स्थानमा जीत हासिल गरेको छ भने दोस्रोमा एमाले र तेस्रोमा माओवादी रहेको छ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार देशभर नेपाली कांग्रेसले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षमा ३ सय १९ पद जितेको छ । उपप्रमुख र उपाध्यक्षमा २ सय ९५ ठाउँमा जितेको छ।

यस्तै कांग्रेसले अहिलेसम्म २ हजार ६ सय १७ वटा वडामा जित हासिल गरेको छ।

अहिलेसम्म देशभर नेपाली कांग्रेसका १३ हजार ५ सय ३८ का उम्मेदवार विजयी भएका छन्।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरी जम्मा २०० ठाउँमा विजयी भएको छ।

यस्तै उपप्रमुख र उपाध्यक्षमा जम्मा २ सय २८ पदमा एमालेले जितेको छ। एमालेले २ हजार ९७ वडामा अध्यक्ष पद जितेको छ भने देशैभर एमाले ११ हजार ६ सय ७१ पादाधिकारी एमालेका तर्फबाट विजयी भएका छन्।

यस्तै नेकपा माओवादीले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरी जम्मा १ सय २० ठाउँमा जितेको छ। उपप्रमुख र उपाध्यक्षमा जम्मा १ सय २३ पदमा जितेको छ। माओवादीले १ हजार ४४ ठाउँमा वडा अध्यक्षमा जितेको छ। जम्मा माओवादीले देशभर ५ हजार ३ ठाउँमा जितेको छ।

जनता समाजवादी पार्टी

नगर र गाउँपालिका प्रमुख – २९
उपप्रमुख र उपाध्यक्ष – ३०
वडाध्यक्ष – २८४
जम्मा – १ हजार ४८१

एकीकृत समाजवादी पार्टी

नगर र गाउँपालिका प्रमुख – १८
उपप्रमुख र उपाध्यक्ष – २१
वडाध्यक्ष – १८७
जम्मा – ९ सय ७०

लोकतान्त्रिक  समाजवादी पार्टी

नगर र गाउँपालिका प्रमुख – १५
उपप्रमुख र उपाध्यक्ष – ११
वडाध्यक्ष – १०१
जम्मा – ७ सय ७०

राप्रपा

नगर र गाउँपालिका प्रमुख – ४
उपप्रमुख र उपाध्यक्ष – ४
वडाध्यक्ष – ६२
जम्मा – ३०२

यस्तै राष्ट्रिय जनमोर्चाले जम्मा १ सय ५९, नागरिक उन्मुक्ति पार्टीले ९९, जनमत पार्टीले ९३ र नेपाल मजदुर किसान पार्टीले देशभर ८५ मत प्राप्त गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?