
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र बालेन शाहले अहिलेसम्म ५० हजार ३० मत प्राप्त गरेका छन्।
हालसम्म गणना भएको १ लाख ५० हजार मतमा बालेन सबैभन्दा अगाडि छन्। उनले आफ्ना दुवै प्रतिस्पर्धीसँग झण्डै २० हजार मत अन्तर कायम गरेका छन्।
काठमाडौँ महानगरपालिकामा मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७ सय ६७ मत प्राप्त छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३० हजार १५ मत मात्रै प्राप्त गरेका छन्।
बालेन शाह र सिर्जनाबीच १९ हजार २ सय ६३ मत अन्तर रहेको छ भने बालेन र स्थापितबीच २० हजार १५ मतको अन्तर रहेको छ।
यस्तै, सिंह र स्थापितबीच ७ सय ३७ मतको अन्तर रहेको छ।
अहिले काठमाडौँ महानगरपालिकाका सबै वडामा मत गणना भई रहेको छ। हालसम्म वडा नं १ देखि १३ र वडा नं २३ देखि ३३ सम्मको मत परिणाम सार्वजनिक भईसकेको छ।