काठमाडौँमा ८० प्रतिशत मतगणना सकिँदा ३३ प्रतिशत मत बालेनलाई

काठमाडौँमा ८० प्रतिशत मतगणना सकिँदा ३३ प्रतिशत मत बालेनलाई
+
-

काठमाडौँ – निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौँ महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरमा १ लाख ९१ हजार ५१ मत खसेको थियो।

खसेको मतमध्ये हालसम्म १ लाख ५३ हजार ३०० मतगणना गरिसकिएको छ। यो भनेको खसेको कूल मतको ८०.२४ प्रतिशत हो। अब ३७ हजार ७५१ मतगणना गर्न बाँकी रहेको छ।

आयोगका अनुसार हालसम्म भएको मतगणना अनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार ७५० मत प्राप्त गर्दै सुरुदेखिको अग्रता कायम राखेका छन्। यो भनेको मतगणना भएकोमध्ये ३३ प्रतिशत मत हो।

काठमाडौँ महानगरपालिकामा दोस्रो ठूलो मत नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले पाएकी छन्। उनले हालसम्म ३१ हजार ७३१ मत प्राप्त गरेकी छन्। उनले गणना भएकोमध्ये २१ प्रतिशत मत प्राप्त गरेकी छन्।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ४४ मत प्राप्त गरेका छन्। मतगणना भएकोमध्ये २० मत स्थापितले पाएका छन्।

काठमाडौँ महानगरको प्रमुखमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायामीले ८ हजार ९८२ मत प्राप्त गरेका छन्। उनले गणना भएकोमध्ये ६ प्रतिशत मत पाएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?