
देश सञ्चार
जेठ ११, २०७९

अ
+
अ
अ
-
अमेरिकाको टेक्कासको एक विद्यालयमा भएको सामूहिक बन्दुक आक्रमणमा मृत्यु हुनेको संख्या २१ पुगेको छ। अमेरिकी सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा १८ बालबालिका रहेको छन् भने ३ जना १८ वर्ष माथिका रहेका छन्।
घटनामा गोलि चलाउने व्यक्ति पनि मारिएका छन्। बन्दुकधारी किशोर रहेको र प्राथमिक विद्यालयमा गोलि चलाउनु पूर्व उनले घरमा हजूरआमालाई पनि गोली प्रहार गरी मारेको बताइएको छ।

