पोखराको मेयरमा २० हजार र उपमेयरमा १९ हजार मत बदर

पोखराको मेयरमा २० हजार र उपमेयरमा १९ हजार मत बदर
+
-

काठमाडौँ – पोखरा महानगरपालिकाको मतगणना सकिएको छ।

मेयरमा गठबन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङ विजयी भएका छन्।

मेयरमा आचार्यले ६ हजार ४५ मतान्तरले एमालेका कृष्ण थापालाई हराउँदा उपमेयरमा गुरुङले ३ हजार ८ सय ८३ मतान्तरले कांग्रेसकी कोपीला रानाभाटलाई पराजित गरिन्।

वडाध्यक्षमा कांग्रेसले बहुमत पाएको छ भने नगरसभा सदस्यमा एमालेको बहुमत छ।

३३ वडा रहेको यहाँ २३ जना कांग्रेस र १ जना स्वतन्त्र गरी गठबन्धनले २४ अध्यक्ष जितेको छ। एमालेले भने ९ वडा मात्रै जित्यो। नगरसभा सदस्यमा भने उपमेयरसहित एमालेले ८७ र गठबन्धनले मेयर सहित ८० सिट जितेको छ।

पोखराको चुनावमा यसपालि अत्यधिक मत बदर भएको भेटिएको छ। १ लाख ४३ हजार १ सय १० मत गणना हुँदा पूर्ण बदर खासै धेरै नभएपनि मेयर र उपमेयरमा भने अधिक मत बदर देखिएको छ। मेयरमा २० हजार ३३२ र उपमेयरमा १९ हजार ९१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो अनुपात हिसाव गर्दा मेयरमा १४.२० र उपमेयरमा १३.३४ प्रतिशत मत बदर भएको देखिन्छ, जुन पोखराको इतिहासमै सबैभन्दा धेरै बदर हो।

दुई तिहाई वडामा अध्यक्ष कांग्रेसले जित्दै गर्दा उपमेयर भने निकै फराकिलो अन्तरले कांग्रेसकै उम्मेद्वार पराजित भएकी छिन्।

बहुमत नगर सदस्य र लोकप्रिय मतका साथ उपमेयर विजयी हुँदै गर्दा मेयरमा एमाले उम्मेद्वार झन् बढी फराकीलो मत अन्तरले चुनाव हारेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?