
झापा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी–धरमपुर खण्डमा यात्रुबहाक बसको ठक्करबाट एक जना प्रहरीसहित दुई जनाको मृत्यु भएको छ।
ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे ८ का २६ वर्षीय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिकाका २६ बर्षिय जितुहाङ राई रहेका छन्।
आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको यात्रु वाहक बसले मोटरसाइकलमा सवार उनीहरुलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा एक जना प्रहरी जवान र अर्का भर्खरै स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरी हुन्।