कोरोनापछि बढ्यो स्वर्गद्धारी आउने भारतीय पर्यटकको संख्या

कोरोनापछि बढ्यो स्वर्गद्धारी आउने भारतीय पर्यटकको संख्या
+
-

दाङ – कोरोना कहरपछि प्रसिद्ध धार्मिक एवम् पर्यटकीय तीर्थस्थल स्वर्गद्धारीमा भारतीय तीर्थयात्रीको भिड लागेको छ।

दाङ जिल्ला भारतको उत्तर प्रदेशसँग जोडिएको सिमा भएकाले यही बाटो हुँदै भारतीय तीर्थयात्री भित्रिने क्रम बढेको छ।

मन्दिरको दर्शन गरे स्वर्ग पुगिने जन विश्वास रहेको छ। त्यही कारण स्वर्गद्धारी दर्शनका लागि भारतीय तीर्थयात्री आउने गरेका हुन्।

कोरोना भाइरस संक्रमण फैलिएपछि दुई वर्षसम्म रोकिएको तीर्थाटन पुनः सु-भएको हो। दाङ जिल्लाको विभिन्न नाका हुँदै भारतीय नागरिक स्वर्गद्धारी दर्शनका लागि नेपाल भित्रिरहेका छन्।

भारतका विभिन्न ठाउँबाट स्वर्गद्धारी दर्शनका लागि आउने भक्तजनहरुको संख्या केहीदिन यता ह्वात्तै बढेको स्वर्गद्धारी आश्रमले जनाएको छ।

स्वर्गद्धारीमा फागुनदेखि असार महिनासम्म नेपाली भतक्तजन र वैशाखदेखि माघ महिनासम्म भारतीय भक्तजनहरु आउने गर्छन्।

नेपाल र भारतका हिन्दु धर्मावलम्वीहरुको आस्थाको केन्द्र भएकाले दैनिक सयौँ जना तिर्थयात्री स्वर्गद्धारी पुग्ने गर्छन् गर्मीयाममा तराइबाट गर्मी छल्न सडक मार्ग हुँदै सर्वसाधारण समेत पुग्ने गर्छन्।

विशेष गरेर स्वर्गद्धारीमा वैशाखे पूर्णिमा, गाइतिहार औशीँ, वडादशैँ, माघेसक्रान्ती लगाएतका पर्वहरुमा दर्शनार्थीको बढी घुइँचो लाग्ने गरेको पाइन्छ।

पर्यटकका लागि ऐतिहासिक मनोरम ताल, पाच पाण्डव स्वर्ग गएको बाटो, महाप्रभुले तपस्या गर्ने गुफा, विस १९५२ सालदेखि संचालनमा आएको वेदपाठशाला, गोवद्र्धन पहाड, आश्रममा पालिएका गाइ, विभिन्न मठ मन्दिर लगायत दर्शनार्थीका लागि मुख्य आकर्षणका रूपमा रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?