सेन्ट लरेन्स विद्यार्थी यौन दुर्व्यवहार प्रकरण : दुई शिक्षकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

सेन्ट लरेन्स विद्यार्थी यौन दुर्व्यवहार प्रकरण : दुई शिक्षकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
+
-

काठमाडौँ – चावहिलस्थित सेन्ट लरेन्स कलेजमा कक्षा ११ मा अध्यनरत १७ र १८ वर्षीया छात्रालाई यौन दुरूपयोग गरेको अभियोगमा पक्राउ परेका शिक्षकविरुद्ध अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति पाएको छ।

प्रहरीले उनीहरूविरुद्ध बालयौन दुराचार मुद्दामा अदालतबाट ५ दिन म्याद लिएर अनुसन्धान सुरू गरेको हो।

प्रहरीले मंगलबार कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी घर भएका ५१ वर्षीय राजन पौडेल र कागेश्वरी नगरपालिका-८ गोठाटार बस्ने काभ्रे भुम्लु गाउँपालिका-१ घर भएका ४७ वर्षीय जनार्दन अधिकारीलाई पक्राउ गरेको छ।

शिक्षकले छात्राहरूलाई दुर्व्यवहार गरेको भन्दै कलेजका विद्यार्थी भेला भई नाराजुलुस गरेका थिए। घट्ना बाहिर आएसँगै तीन जना विद्यार्थीले दिएको जाहेरीको आधारमा प्रहरीले दुई शिक्षकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले अदालतबाट अनुमति लिएसँगै थप अनुसन्धान पक्रिया अघि बढ्ने गौशाला प्रहरीले बताएको छ।

विद्यार्थीले बुधबार पनि प्रहरी बृत्त गौशाला अगाडी नाराबाजी गरेका थिए। पक्राउ परेका शिक्षकलाई प्रहरीले सार्वजानिक गर्नुपर्ने उनीहरुको माग छ।

आन्दोलित विद्यार्थीले ‘शैक्षिक माफीया होसियार’, ‘यस्तो शिक्षक चाहिँदैन’, ‘अभियुक्त लुकाउन पाइँदैन’ जस्ता नारा लगाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?