
काठमाडौँ – काठमाडौँ महानगरमा नेकपा एमाले तर्फबाट मेयरका प्रत्यासी केशव स्थापित पराजित भएपछि रश्मिला प्रजापतिले खुसी व्यक्त गरेकी छन्।
प्रजापतिले नेकपा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयर पदका उम्मेदवार स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्।
२५ वर्ष अगाडि स्थिापित काठमाडौँको मेयर हुँदा रश्मिला सोही महानगरकै कर्मचारी थिइन्। स्थापितले याे पल्ट मेयरमा उम्मेदवारी दिएपछि उनले यौन दुराचारको मुद्दा पुनःसार्वजनिक गरेकी थिइन्।
स्थापितको हार पछि सामाजिक सञ्जालमार्फत उनले काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद व्यक्त गरेकी छन्।
उनी लेख्छिन्, ‘काठमाडौँ महानगरपालिकाका मतदाताहरुमा यौन दुराचारीलाई भोट आउट गरेकोमा धन्यवाद। काठमाडौँ निकै सचेत छ, आफूमाथि कसैको अनावश्यक हस्तक्षेप सहँदैन। काठमाडौँका मतदाता धेरै विवेकी छन्, कुनै प्रकारको दुर्व्यवहारमा साथ दिँदैन भन्ने दरिलो प्रमाण भएको छ यौन दुराचारीको हार। २५ वर्षपछि काठमाडौँ महानगरपालिका परिवर्तन उन्मुख छ।
मेयर पदमा अत्यधिक मतले विजयी हुनुभएका बालेन साहलाई हार्दिक बधाई। काठमाडौँका जनताको लागि, यहाँको सम्पदा संरक्षणको लागि, यहाँको सभ्यता जोगाउनको लागि कार्य गर्न सफल हुनुहोस्, सफल कार्यकालको शुभकामना । साथै नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई पनि बधाई तथा सफल कार्यकालको शुभकामना’