बलात्कार मुद्दामा हदम्याद तत्काल हटाउने प्रधानमन्त्रीको घोषणा

बलात्कार मुद्दामा हदम्याद तत्काल हटाउने प्रधानमन्त्रीको घोषणा
+
-

काठमाडौँ- बलात्कार मुद्दामा हदम्याद तत्काल हटाउने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बुधबार पार्टीका नेताहरुसँग बलात्कारका घटनामा कानुनमा रहेको हदम्याद हटाउने बताएका हुन्।

नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) को नेतृत्वमा गएको सांसदसहित नेताहरूको टोलीले बुधबार बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा हदम्याद हटाउने बताएका हुन्।

सहमहामन्त्री उपाध्यायले बलात्कार घटनामा हदम्याद तत्काल हटाउन सरकारले गृहकार्य गरिरहेको प्रधानमन्त्री देउवाले बताएको बताएकी छन्।

प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुषालले स्थानीय तह निर्वाचनबाट महिला प्रतिनिधित्व पार्टीबाट कम भएको गुनासो गरेकी छन्।

उनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट महिलाको सम्मानजनक उपस्थिति गराउन आग्रहसमेत गरिन्।

आठ वर्षअघि एक ब्यूटी प्याजेन्टको सक्सेस पार्टीको क्रममा आफूमाथि आयोजकले नै बलत्कार गरेको दाबी गर्दै एक युवतीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेसँगै हदम्याद हटाउनुपर्ने आवाज उठिरहेको छ। युवती हदम्यादका कारण आफूले न्याय नपाउने भन्दै निराश बनिरहेको बेला देउवाले हदम्याद हटाउने बताएका हुन्।

नेपालको कानुन अनुसार करणी भएको एक वर्षसम्मलाई हदम्याद तोकिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?