बालिकालाई करणी गरी युवकले गरे आत्महत्या

बालिकालाई करणी गरी युवकले गरे आत्महत्या
+
-

काठमाडौँ – कञ्चनपुरमा ११ वर्षीया नाबालिगलाई करिणी गरी आरोपीले आत्महत्या गरेका छन्।

भीमदत्त नगरपालिका ९ का ३४ वर्षीय दिनेश मालीले ११ वर्षीय बालिकालाई करणी गरेका हुन्। करणीपछि माली आफैले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डिएसपी चक्रबहादुर शाहले देश सञ्चारलाई जानकारी दिए।

घटनास्थलबाट बालिका उम्केपछि स्थानीयले घेरा हालेका थिए। प्रहरीलाई बोलाएर आरोपित थुनिएको ठाउँमा पुग्दा माली कोठाभित्रै प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

डिएसपी शाहका अनुसार नाबालिका पसल जान घरबाट निस्किएको अवस्थामा उनले नियन्त्रणमा लिएर करणी गरेका थिए।
भागेर बाच्न सफल भएकी बालिकालाई प्रहरी र स्थानीयले अस्पताल पुर्‍याएका थिए। प्रहरीका अनुसार घटना मंगलबार भएको हो।

बालिकाको कञ्चनपुरकै ट्रमा अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?