फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा
+
-

काठमाडौँ – उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन्।

नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन्।

‘मकैका बिरुवाका पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थाले’, त्रियुगा–१२ साधना टोलका गडुरध्वज धमलाले भने।

कृषि प्राविधिकको सल्लाह र सुझावअनुसार आफूहरूले विभिन्न किटनाशक औषधि प्रयोग गरेपनि प्रकोप नियनत्रणमा आउन नकसेको त्रियुगा–१२ बोटेटोलका कुमार रेग्मी बताउछन्।

त्रियुगा–११ साकेलाटोल र बरुवा क्षेत्रमा पनि मकैबालीमा फौजी किराको प्रकोप बढ्न थालेको स्थानीय हर्कबहादुर कार्कीले बताए।

साकेला टोल क्षेत्रमा मकैबालीमा दुई हप्तादेखि बिरुवाको पात तथा बोट फौजी किराले नष्ट गर्न थालेका छन्।

त्रियुगा–१३ असारी क्षेत्रमा प्राविधिकको सल्लाहअनुसार विभिन्न किटनाशक औषधि प्रयोग गर्न थालेको किसानले बताएका छन्।

६ वर्षयता त्रियुगा क्षेत्रमा फौजी किराको समस्या देखिएको हो। समस्या सामाधानको उचित पहल हुन नसक्दा किसान मर्कामा पर्दैआएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?