देशभर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते?

देशभर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते?
+
-

काठमाडौँ – गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार अब १८७ जनप्रतिनिधिको परिणाम आउन बाँकी रहेको छ।

आयोगले वैशाख ३० गते एकसाथ देशका सबै ७५३ स्थानीय तहमा निर्वाचन गरेको थियो।

प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पद गरी कुल ३५ हजार २२१ जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो।

निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए।

निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका पालिकामा सबैभन्दा बढी नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन्।

त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवारबढी विजयी बनेका छन्।

आयोगका अनुसार कांग्रेसका १३ हजार ७११, एमालेका ११ हजार ८४७, माओवादी केन्द्रका ५ हजार ४४, जसपाका १ हजार ५३९ र अन्य दल तथा स्वतन्त्रको तर्फबाट २ हजार ७९० जना उम्मेदवारले जितेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?