यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषद्‌का एक कर्मचारी निलम्बित

यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषद्‌का एक कर्मचारी निलम्बित
+
-

काठमाडौँ – यौन दुर्व्यवहारको आरोप लागेपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी निलम्बनमा परेका छन्।

परिषद्‌मा इन्टर्नसिपका लागि आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो।

इन्टर्नसिपमा आएकी युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै नपवेदन दिएकी थिइन्। निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि झालाई कार्यालयमा राखिरहन उचित नहुने निष्कर्षसहित झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्का एक कर्मचारीले जानकारी दिए।

उनका अनुसार यस विषयमा छानबिन गर्नका लागि समिति गठन गरिसकिएको छ। उनले भने, ‘छानबिन समितिलाई बाँकी तथ्यहरु पत्ता लगाएर प्रतिवेदन बुझाउन भनिएको छ।’

यसअघि २०७६ सालमा पनि महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको फेला परेपछि झा दुई महिना निलम्बनमा परेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?