छात्रा बलात्कारको आरोप लागेका प्रिन्सिपल पक्राउ

छात्रा बलात्कारको आरोप लागेका प्रिन्सिपल पक्राउ
+
-

काठमाडौँ – बलात्कार आरोपी इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका तत्कालीन प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ।

तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबीका एसपी कमल थापाले जानकारी दिए। उनका अनुसार काठमाडौँको त्रिपुरेश्वरबाट प्रहरीले खड्कालाई पक्राउ गरेको हो।

एक युवतीले आफूमाथि इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका तत्कालीन प्रिन्सिपलले नै बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमार्फत घटना सावजनिक गरेकी थिइन्।

विद्यालयको होस्टलमा बसेर कक्षा ९ मा अध्ययन गरिरहेकी ती विद्यार्थीलाई तत्कालीन प्रिन्सिपलले  बलात्कार गरेको पीडितले बताएकी थिइन्। बलात्कारपछि विद्यालयबाट रेष्ट्रक गरीदिने धम्की दिँदै लगातार दुई वर्षसम्म बलात्कार गरेको युवतीले दाबी गरेकी थिइन्।

होस्टलमा रहेकी उनलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर बलात्कार गरेको युवतीले दाबी गर्दै सामाजिक सञ्जालमा घट्ना सार्वजनिक गरेकी थिइन्।

काठमाडौँमा एक ब्यूटी प्याजेन्टको सक्सेस पार्टीको क्रममा आयोजकले नै आफूमाथि करणी गरेको दाबी गर्दै एक युवतीले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेसँगै इटहरीकी ती युवतीले पनि आफूमाथि भएको करणीबारे बोलेकी थिइन्।

यसअघि पीडित परिवारले प्रहरीमा जाहेरी दिए पनि अहिलेसम्म घटनाबारे छानबिन नभएको आरोप लगाएका थिए। यता प्रहरीले भने यतिबेला नै सम्पूर्ण प्रक्रिया सकिएको र आरोपित फरार सूचीमा रहेको बताएको थियो।

फरार रहेका खड्कालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको थापाले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?