किसानकाे समस्या,‘धान रोप्ने समयमा छैन रासायनिक मल’

किसानकाे समस्या,‘धान रोप्ने समयमा छैन रासायनिक मल’
+
-

झापा – धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन्।

हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको हो।

धान रोप्दा छर्ने डिएपी मल जिल्लामा अभाव भएको जनाइएको छ।

रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत मल नपाउँदा किसानले बर्सेनि मलको समस्या झेल्नुपरेको झापा कमल-६ का अगुवा किसान ख्याम आचार्यले बताए।

यस वर्षसमेत धान रोप्ने समय हुँदापनि डिएपी मल पाउन नसकेको उनको भनाइ छ।

कमल गाउँपालिकाका लागि एक हजार बोरा डिएपी मल कोटामा छुट्टिएको गाउँपालिका कृषि शाखाले जनाएको छ।

शाखा प्रमुख महेन्द्र बोहोराले कृषि सामग्री कम्पनीबाट प्राप्त हुने सो मल विभिन्न सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराइने जानकारी दिए।

तर सहकारी संस्थाले मागका तुलनामा न्यून परिमाणको मल वितरण गर्न कठिन हुने कमल–६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक टङ्क पराजुलीले बताए।

उनले धान रोपाइका बेला उच्च माग हुने डिएपी न्यून परिमाणमा आएका कारण किसानको माग थेग्नसमेत कठिन भएको जानकारी दिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’