‘जोनी डेप्सकालाई आरोप लगाएपछि हत्याको धम्की आएका छन्’ – एम्बर हर्ड

‘जोनी डेप्सकालाई आरोप लगाएपछि हत्याको धम्की आएका छन्’ – एम्बर हर्ड
+
-

अभिनेता जोनि डेप्ससँगको सम्बन्धबिच्छेद सुनुवाईको समयमा एम्बर हर्डले आफूले अपहेलना सहुनपरेको बताएकी छन्। उनले सम्बन्ध बिच्छेदको प्रक्रियामा जोनी विरुद्ध बयान जारी गरेपछि दिनहुँ सयौँ हत्याको धम्की आउने गरेको बताएकी छन्।

बयानको अन्तिम दिन आफ्नो भनाईलाई टुंगाउने क्रममा उनले भनिन्, ‘यद्यपी मानिसहरुलाई बिर्सन सजिलो छ तर म पनि मानिस हो।’

३६ वर्षकी हर्डले आफूमाथि उनका श्रीमान ५८ वर्षका अभिनेता डिप्सले दुव्र्यवहार भएको बताएकी थिएन्। अभिनेता डिप्सले अहिलेसम्म हर्डले लगाएको आरोपको खण्डन गरेका छन्।

गवाहीको एक महिनामा अदालतमा यो दम्पतीबीच २ वर्षसम्म भएका धेरै घटनाहरुको अदालतका अधिकारीहरुले अनुसन्धान गरेका थिए।

दुवै कलाकारले एकअर्काप्रति दुव्र्यवहारको आरोप लगाएका छन। दुवै कलाकारहरुका तर्फबाट साक्षीहरुको बयान लिँदा हर्डले डिप्समाथि लगाएको सबै आरोपको खण्डन भएको थियो।

‘मलाई थाहा छ धेरै मानिस उनको पक्षमा आउनेछन् र के के भन्ने छन्।’ बिहिबार हर्डले भनिन्, ‘त्यो नै उसको शक्ति हो । त्यसैले मैले विचार छपाएकी हुँ।’

हर्डलाई डिप्सको वकिललाई लक्षित गर्दै निर्णायकतर्फ केही तस्बिरहरु प्रस्तुत गरिन्। डिप्सकी वकिलले यस बारेमा प्रश्न गर्दा हर्डले डिप्समाथि उनले कुनै पनि किसिमको दुव्र्यवहार नगरेको बताएकी छन्। उनले दिनहुँ आउने ‘हत्याको धम्कीले पुन आघात परेको’ उल्लेख गरेकी छन्।

‘यो एकदमै डरलाग्दो छ। यो कुनै पनि मानिसको लागि अपमानजनक छ।’ उनले भनिन्, ‘म अहिले यहाँ उभिएकी छु, अब अगाडिका दिनमा मैले मेरो करियर बनाउन सक्तिन, मलाई आइरहेका धम्की र आक्रमणका कारण म मानिसहरुसँग जोडिन सक्दिन।’

यी दुईबिचको मुद्दाको सुनुवाई अब शुक्रबार हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?