
अ
+
अ
अ
-
काठमाडौँ – काठमाडौँ महानगरपालिकामा विजयी भएपछि बालेन शाहले राष्ट्रिय सभादेखी तीनकुनेसम्म धन्यवाद र्याली सुरू गरेका छन्।
राष्ट्रियसभावाट सुरू भएको मतदातालाई धन्यवाद र्यालीमा उनका समर्थकहरूले सहभागीता जनाएका छन्।
नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेनले मुलुकको राजधानी रहेको सहर काठमाडौँमा विजयी हासिल गरेका हुन्।
धन्यवाद जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा मेयर शाहले काठमाडौँलाई विश्वकै उत्कृष्ट र नमूना सहरको रूपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन्।
धन्यवाद र्याली जारी छ। तीनकुनेमा पुगेर धन्यवाद ज्ञापन गरेर समापन हुने आयोजकले जनाएका छन्।