समिक्षाले दिइन् बालेन र सुनितालाई बधाई

समिक्षाले दिइन् बालेन र सुनितालाई बधाई
+
-

काठमाडौँ – विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँ महानगरापालिकाको मेयर पदमा उम्मेदवार उठेकी समिक्षा बास्तोलाले बालेन शाह र सुनिता डंगोललाई बधाई दिएकी छन्। उनले फेसबुकमा लामो स्टेटस राख्दै काठमाडौँबासीको विश्वास, हजारौँ युवाहरुको भरोसा, अनि राजधानीको गौरव पुनस्थापित गर्ने संकल्पमा विचलित नहुन आग्रह गरेकी छन्।

उनले लेखेकी छन्, ‘राजधानी महानगरको प्रमुखमा बालेन्द्र शाह र उपप्रमुखमा निर्वाचित हुनुभएकोमा सुनिता डंगोललाई हार्दिक बधाई तथा शुभकामना ! चुनावमा आ– आफ्ना एजेन्डामा टेकेर प्रतिस्पर्धा गर्नु स्वाभाविक हो। म आफैँले पनि राजधानी महानगरको नेतृत्व लिन अग्रसरता लिएँ तर काठमाडौंले यसपटक तपाईंहरुलाई विश्वास गरेको छ।’

उनले अगाडि लेखेकी छन्, ‘कतिपय एजेन्डा, उमेर समूह, उर्जा र केही गरेरै छाड्ने हुटहुटीलाई आधार मान्ने हो भने तपाईंहरु हाम्रो पुस्ताको नेता हो। आशा अनि विश्वास छ, हजारौं युवाहरुको भरोसा, महानगरबासीको विश्वास र देशको राजधानी सहरको गौरव पुनःस्थापित गर्ने संकल्पबाट रत्तिभर विचलित नभई यहाँहरु अघि बढ्नु हुनेछ।’

उनले नेवा सभ्यताको पुनर्जागरण, राजधानीको गौरव पुनःस्थापना अनि राजधानी र राजनीतिको फोहोर सफा गर्ने विषयमा नवनिर्वाचित उम्मेदवारहरुको कार्यकाल भरि आफ्नो निरन्तर सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरेकी छन्।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?