
म्याग्दी – मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही गाउँपालिका–६ दुखुबेसी बस्ने ५२ वर्षीय राम रोका लगायत छन्। उनीहरुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।