
काठमाडौँ- सरकारी जग्गा देखाएर ५ करोड २० लाख रुपैयाँ बैना लिँदै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बस्ने ७२ वर्षीय केशव अधिकारी र भक्तपुर नगरपालिका-८ बस्ने ईश्वर गाइजु रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भक्तपुरको सुडालमा रहेको सरकारी जग्गा देखाएर उनीहरूले बैना लिएको तर पछि पास हुन नसकेपछि पीडितले उजुरी गरेको जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो ।