प्राथमिकताका आधारमा परियोजना बैंक बनाएर आयोजना छनौट गरिने

प्राथमिकताका आधारमा परियोजना बैंक बनाएर आयोजना छनौट गरिने
+
-

काठमाडौँ – प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा प्राथमिकता तथा आवश्यकताको आधारमा परियोजना बैंक बनाएर आयोजना छनौट गर्ने नीति लिएको छ।

प्रदेश सरकारको योजना आयोगमार्फत परियोजना बैक निर्माण गर्ने र स्थानीय तहले छनौट गरेर पठाएका योजनाहरु प्राथमिकताको आधारमा कार्यान्वयन गर्ने नीति अख्तियार गर्ने तयारी गरिएको प्रदेश १ सरकारका आन्तिरिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले जानकारी दिए।

प्रदेश सरकार, आन्तरिक मामिला तथा योजना मन्त्रालयले जिल्ला सदरमुकाममा आयोजित आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमा छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ईन्द्र आङ्बोले सो जानकारी दिएका हुन्।

जथाभाबी योजना छनौट हुने विद्यमान अवस्थाको अन्त्य गर्न परियोजना बैकको अबधारणा अगाडि ल्याइएको उनले बताए।

मन्त्री आङ्बोले तीन तहका सरकारको आ आफ्नै वित्तीय अधिकार प्रयोग गर्ने गरेकोमा मालपोत, सवारी कर तथा प्राकृति श्रोत साधन उपयोग करबाट हुने आम्दानीले प्रदेश सरकार चलेको मन्त्री आङबोले जानकारी दिए।

प्रदेश सरकारको नीति तथा कार्यक्रमको बारेमा सुझाब तथा छलफल गर्ने क्रममा उदयपुरका ६ वटा पालिकाका नवनिर्वाचित नगर प्रमुख तथा पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखको उपस्थित थियो।

कार्यक्रममा पालिका प्रमुखहरुले प्रदेश सरकारले बनाउने बजेटमा गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक कालोपत्रे हुनु पर्ने, विद्युत ,खानेपानी, सिचाई र नदी नियन्त्रण जस्ता समस्याहरुलाई समाधान हुने गरि योजना बनाउन सुझाव दिएका थिए।

आगामी आर्थिक वर्षको योजना र बजेट तर्जुमाबारेमा प्रदेश १ सरकारका आन्तरिक मामिला तथा योजना मन्त्रालयलका सचिव कालिप्रसाद पराजुलीले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यपत्रमाथि सहभागीहरुबाट उठाइएका विभिन्न प्रश्नहरुको मन्त्री आङ्बोले संक्षिप्त रुपमा जवाफ दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?