प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ हजार ३ सय युवाले पाए रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ हजार ३ सय युवाले पाए रोजगारी
+
-

लमजुङ – प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत लमजुङका २ हजार ३ सय युवाले रोजगारी पाएका छन्।

जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत एक हजार ३६३ पुरुष र ९३७ महिला गरी उक्त सङख्यामा युवाले रोजगारी पाएका हुन्।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगारी पाएका हुन्।

यहाँ गाउँपालिकामा सूचीकृत बेरोजगारको संख्या दुई हजार ३०० रहेकामध्ये एक हजार ३ सय ६३ पुरुष र ९ सय ३७ महिला छन्।

तीमध्ये उक्त संख्याले रोजजगारी पाएको गाउँपालिकाले जनाएको छ। कार्यक्रमका लागि कुल बजेट दुई करोड ८० लाख २० हजार रुपैयाँ रहेको पालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको र यसले गाउँ विकासका साथै युवाले रोजगारी पाउँदा उनीहरुलाई थप सहज भएको बताए।

रोजगारी पाएका युवाले पालिकाका विभिन्न स्थानमा बाटो र सिँढी बनाउने, नयाँ बाटो खोल्ने, नाली निर्माण गर्ने, मोटरबाटो सोलिङ गने, बाटो सफा गर्ने लगायतका काम गरिरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?