कार्यपालिका सदस्य चयनका लागि कैलालीमा निर्वाचन प्रक्रिया सुरू

कार्यपालिका सदस्य चयनका लागि कैलालीमा निर्वाचन प्रक्रिया सुरू
+
-

काठमाडौँ – कैलालीका पालिकामा स्थानीय तह निर्वाचनअन्तर्गत कार्यपालिका सदस्य चयनका लागि निर्वाचन प्रक्रिया सुरू भएका छन्।

निर्वाचनका लागि पालिकामा मतदाता नामावली प्रकाशन, अन्तिम नामावली प्रकाशन, मनोनयन दर्ताजस्ता कार्य भएका छन्।

निर्वाचन आयोगले १५ दिनभित्र कार्यपालिका सदस्यको निर्वाचन गरी सक्न निर्देशन दिएपछि निर्वाचन अधिकृतका कार्यालयले निर्वाचनका गतिविधि सुरू गरेका हुन्।

कैलालीको टीकापुरमा आठ जना कार्यपालिका सदस्य चयन गर्न १८ गते निर्वाचन हुने भएको छ।

टीकापुर नगरपालिका कार्यपालिका सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले जानकारी दिए।

‘तीन पार्टीबाट ११ जनाको उम्मेदवारी परेको छ। अल्पसङ्ख्यकमा कुनै पार्टीबाट उम्मेदवारी परेको छैन’, ओडले भने, ‘स्थानीय तहको निर्वाचनमा विजेता बनेका पाँच जना र बाहिरबाट तीन जना हुने गरी हुने आठ जना कार्यपालिका सदस्य चुनिनेछन्।’

कार्यपालिका सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीबाट पाँच जनाको उम्मेदवारी परेको छ।

नागरिक उन्मुक्ति पार्टीले तीन महिला सदस्यका लागि कैलाशपति चौधरी, रुपमति डगौरा थारु र सरस्वती तिरुवा र दुई दलित सदस्यका लागि दीपकबहादुर निसानी र मञ्जु विकलाई उम्मेदवार बनाएको छ।

त्यस्तै, नेपाली कांग्रेसले दुई महिला सदस्यमा टङ्क वली कार्की र राजारानी चौधरीको नाम दर्ता गरेको छ।

त्यस्तै दलित सदस्यमा रामबहादुर नगार्जीको उम्मेदवारी परेको छ। नेकपा माओवादी केन्द्रले दुई दलित सदस्य दिलु कामी र चन्द्र नेपाली तथा एक महिला सदस्यमा लबरी चौधरीलाई उम्मेदवार बनाएको छ।

जानकी गाउँपालिकामा पनि कार्यपालिका सदस्य चयनका लागि मतदाता नामावली प्रकाशन भएको छ।

जानकीमा छ जना कार्यपालिका सदस्य चयनका लागि १५ गते निर्वाचन गरिने निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत विश्वदीप बेसारा बताउछन्।

‘मतदाता नामावली प्रकाशन गरेका छौँ’, बेसारा भन्छन्,‘अब दाबी विरोध, मनोनयन दर्तालगायका कार्य हुनेछन्। अनि १८ गते निर्वाचनको तयारी छ।’ कैलालीको जोशीपुर गाउँपालिकामा पनि १८ गते निर्वाचन हुने निर्वाचन अधिकृत शिवराज भट्टले जानकारी दिए।

भजनीमा कार्यपालिका सदस्य चयनका लागि १७ गते निर्वाचन हुने भएको छ। भजनीमा आठ सदस्य चयनका लागि १३ जनाको उम्मेदवारी परेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?