
विष्णु तिवारी
जेठ १४, २०७९

अ
+
अ
अ
-
खाने लाउने सपना सबै डढे आज
हेर्दामा लुरे थिए भर्याङ् चढे आज।।
भाषणका जात्रामा सबै बन्धु ठाने
दल दलमा नडुबि अघि बढे आज।।
केकेन गर्छु भन्ने घोषणाका पोका
सहरका फाहोरमा डुबि सडे आज।।
सँधै पर्छ उहि दाउ भनि ठाने तिन्ले
अब बल्ल नयाँपाठ सिके पढे आज।।
के कति कुम्ल्याउन थैली बोकि धाए
धोती समेत गुमाइ बाबा खडे आज।।
खाइ मोटाइ घामतापे पहिलेका कति
चपाउँनलाइ कुदेका चिप्लि लडे आज।।

