
काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा सकारात्मक प्रभाव नपारेसम्म परिवर्तनको संस्थागत र दिगोपनामा चुनौती रहिरहने बताएका छन्।
त्यसका लागि दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सहमति, सहकार्य र राष्ट्रिय एकताका साथ अगाडि बढ्न उनले आह्वान पनि गरेको छन्।
गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पुनले भनेका छन्,‘यति गर्न सकियो भने जनताको जीवन परिवर्तथन तथा देशको विकास र समृद्धिमा कुनै ढिला हुँदैन। यसबाट जनतामा उत्साह थपिनेछ र गणतन्त्रप्रति विश्वास बढ्नेछ।’
उनले गणतन्त्रप्रति जनताको प्रगाढ विश्वास हुँदा मात्रै यसको रक्षाका लागि बलिदान भाव जागृत हुनसक्ने बताएका छन्।
‘यसतर्फ म सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ पुनले भनेका छन्।