
यूईएफए च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ। फ्रान्सको स्टेड डीमा गएराति भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुललाई १–० गोलअन्तरले हराउँदै मड्रिडले उपाधि जितेको हो।
मड्रिडको जितका लागि भिनिसियन जुनियरले निर्णायक गोल गरे। पहिलो हाफमा गोल रहित बराबरीमा रोकिएको खेलको ५९ औं मिनेटमा फेडेरिको भालभर्डेको पासमा गोल उनले निर्णायक गोल गरेका हुन्।
यो सँगै मड्रिडले १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। त्यस्तै मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटी चार पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन्। उनले एसी मिलानबाट दुई र मड्रिडबाट दुईवटा उपाधि जितेका छन्।